अनुपम खबर, Author at Anupam Khabar
फिफा विश्वकप २०२६: अतिरिक्त समयमा अर्जेन्टिना स्तब्ध, स्पेन दोस्रो पटक विश्व विजेता
असार ४, काठमाडौं। स्पेनले साविक विजेता अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप जित्ने सपनालाई चकनाचुर पार्दै फिफा विश्वकप २०२६ को उपाधि चुमेको छ। न्युजर्सीस्थित न्यूयोर्क न्यूजर्सी स्टेडियममा आज बिहान सम्पन्न तनावपूर्ण एवं रोमान्चक फाइनल भिडन्तमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै १६ वर्ष पछि दोस्रो पटक विश्वकपको सुनौलो ट्रफीमाथि कब्जा जमाएको हो। स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप उपाधि जितेको थियो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गरेको एकमात्र गोल नै स्पेनलाई विश्व विजेता बनाउन निर्णायक साबित भयो।
खेलको सुरुवातदेखि नै स्पेनले बलमाथि पकड जमाउँदै आक्रामक रणनीति अपनाएको थियो। स्पेनिस मिडफिल्ड र अग्रपंक्तिले अर्जेन्टिनाको रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे पनि निर्धारित ९० मिनेटसम्म गोल गर्न भने चुकेको थियो।
निर्धारित समयमा स्पेनले विपक्षीको पोस्टमा १५ पटक प्रहार गरेको थियो भने अर्जेन्टिनाले स्पेनको पोस्टमा एकै पटक पनि सीधा प्रहार गर्न सकेन।
अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको ३७ सेकेन्डमै पेड्रो पोरोको उत्कृष्ट क्रस र निको विलियम्सको पासलाई सदुपयोग गर्दै फेरान टोरेसले बायाँ खुट्टाको सटिक प्रहारमार्फत गोल गरे।
The post फिफा विश्वकप २०२६: अतिरिक्त समयमा अर्जेन्टिना स्तब्ध, स्पेन दोस्रो पटक विश्व विजेता appeared first on Anupam Khabar.
फिफा विश्वकप २०२६: एक्स्ट्रा टाइममा स्वीट्जरल्याण्डलाई ३-१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
असार २८, काठमाडौं। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। कान्सास सिटीमा भएको निकै रोमान्चक र तनावपूर्ण क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई एक्स्ट्रा टाइममा ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइममा धकेलिएको थियो, जहाँ अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल थप्यो।
खेलको १० औं मिनेटमै लियोनेल मेस्सीको उत्कृष्ट कर्नर पासमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ६७ औं मिनेटमा स्वीट्जरल्याण्डका ड्यान न्डोये गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए र खेलमा उत्साह थपे।
खेलको ७२ औं मिनेटमा स्वीट्जरल्याण्डका मुख्य फरवार्ड ब्रील एमबोलो दोहोरो पहेँलो कार्ड (रातो कार्ड) खाँदै मैदानबाट बाहिरिएपछि स्वीस टोली १० खेलाडीमा खुम्चिन पुग्यो।
यो ऐतिहासिक जितसँगै अर्जेन्टिना अब फाइनल प्रवेशका लागि आगामी बुधबार अटलान्टामा इङ्गल्याण्डसँग भिड्नेछ। इङ्गल्याण्डले शनिबार नै भएको अर्को क्वार्टरफाइनल खेलमा नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरिसकेको छ।
The post फिफा विश्वकप २०२६: एक्स्ट्रा टाइममा स्वीट्जरल्याण्डलाई ३-१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा appeared first on Anupam Khabar.
९ सय ८१ दिन अगाडीको त्यो कालो दिन, जसले नेयमारलाई दिन सम्म दुख दियो !
सन् २०२३ को अक्टोबरमा ब्राजिलले दुई खेल खेल्दै थियो। दुवै खेल विश्वकप छनोटका लागि थिए। पहिलो खेलमा ब्राजिल भेनेजुएलासँग १-१ को बराबरीमा रोकियो।
अर्को खेलमा ब्राजिलले उरुग्वेको सामना गर्यो। सो खेलमा जित निकाल्ने योजना सहित नेयमार पनि मैदानमा उत्रिएका थिए। तर सो खेल ब्राजिल र नेयमार दुवैका लागि खराब रहन गयो।
किन भने सो खेलमा नेयमार नराम्रोसँग घाइते हुन पुगे र सो खेलमा ब्राजिल २-० को गोल अन्तरले पराजित भयो। नेयमार पहिलो हाफको अन्तिम समयमा घाइते भएका थिए।
उनको चोट यति गम्भीर थियो कि उनले झन्डै एक वर्ष मैदान बाहिर रहनु पर्यो। चोट मुक्त भएपछि उनी मैदान त फर्किए, तर उनी पहिला जस्तो रहेनन्। त्यसपछि पनि उनले कयौँ पटक चोटको सामना गर्नु पर्यो।
विश्वकप टोलीमा पर्ने योजना सहित ब्राजिलियन क्लब सान्तोस आवद्ध भएर उनले धेरै मेहेनत गरे। अन्ततः उनी विश्वकपको टोलीमा समावेश भए। टोलीमा परेपछि पनि उनी घाइते भए र उनले विश्वकपका दुई खेल गुमाए।
शुक्रबार बिहान भने उनले ९ सय ८१ दिन पछि ब्राजिलका लागि खेल्ने अवसर पाए। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर ब्राजिलका लागि खेल्दा उनी भावुक मात्र भएनन्, उनका आँसु पनि खसे।
The post ९ सय ८१ दिन अगाडीको त्यो कालो दिन, जसले नेयमारलाई दिन सम्म दुख दियो ! appeared first on Anupam Khabar.
फिफा विश्वकप २०२६: मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी, इजिप्टद्वारा न्युजिल्यान्ड पराजित
असार ८, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत पछिल्लो रोमाञ्चक खेलहरूमा अर्जेन्टिना र इजिप्टले सानदार जित दर्ता गरेका छन् भने अन्य दुई खेल बराबरीमा टुङ्गिएका छन्।
मेसीको ऐतिहासिक कीर्तिमान, अर्जेन्टिना नकआउट चरणमा
सोमबार राति भएको खेलमा स्टार स्ट्राइकर लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ। अर्जेन्टिनाका लागि दुवै गोल कप्तान मेसीले नै गरे।
न्युजिल्यान्डमाथि इजिप्टको सहज जित
अर्को एकपक्षीय खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ को गोल अन्तरले पाखा लगाएको छ। खेलको सुरुदेखि नै दबाब बनाएको इजिप्टले महत्वपूर्ण ३ अंक जोड्दै आफ्नो अघिल्लो चरणको सम्भावनालाई बलियो बनाएको छ। न्युजिल्यान्डले खेलमा फर्कने प्रयास गरे पनि इजिप्टको बलियो रक्षापंक्ति तोड्न सकेन।
उरुग्वे र बेल्जियम बराबरीमा रोकिए
हिजै भएका अन्य दुई खेलहरू भने निकै प्रतिष्पर्धात्मक रहे। उरुग्वे र काबो भेर्डे बीचको खेल गोलको वर्षासहित २–२ को रोमाञ्चक बराबरीमा सकियो। दुवै टोलीले जितका लागि अन्तिम समयसम्म संघर्ष गरे पनि अंक बाँड्न बाध्य भए।
त्यस्तै, रक्षात्मक रणनीतिका साथ मैदान उत्रिएका बेल्जियम र इरानले भने गोलरहित (०–०) बराबरी खेलेका छन्। दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न असफल रहँदा खेल बराबरीमा टुङ्गियो र दुवै टोली १–१ अंकमा चित्त बुझाउन बाध्य भए।
The post फिफा विश्वकप २०२६: मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी, इजिप्टद्वारा न्युजिल्यान्ड पराजित appeared first on Anupam Khabar.
बजेट २०८३/८४: मध्यम वर्गलाई करमा राहत, १० लाखसम्मको आम्दानीमा १ प्रतिशत
जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आम नागरिक र मध्यम वर्गलाई लक्षित गरी आयकरको सीमालाई परिमार्जन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको न्यूनतम सीमालाई ५ लाखबाट बढाएर १० लाख कायम गरिने जानकारी गराएका हुन्।
नयाँ व्यवस्था अनुसार अब व्यक्तिगत आयकरतर्फ वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने नागरिकले १ प्रतिशत मात्र (सामाजिक सुरक्षा कर) तिर्नुपर्नेछ। हाल एकल व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा वार्षिक ५ लाख तथा विवाहित व्यक्तिका हकमा ६ लाखको सीमा कायम छ ।
यसैगरी, व्यक्तिगत आयकरको सबैभन्दा उच्च दरमा पनि १० प्रतिशत विन्दुले घटाइएको छ । अब व्यक्तिगत आयकरको अधिकतम सीमा २९ प्रतिशत कायम भएको छ।
यो परिवर्तनले मध्यम वर्गीय परिवारको हातमा बढी रकम बचत गराउन मद्दत पुग्नेछ।
The post बजेट २०८३/८४: मध्यम वर्गलाई करमा राहत, १० लाखसम्मको आम्दानीमा १ प्रतिशत appeared first on Anupam Khabar.
आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य, महँगी ६ प्रतिशतमा सीमित राखिने
जेठ १५, काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै देशको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै उक्त वृद्धिको लक्ष्य तय गरिएको बताए।
यसैगरी, बजेटले आम उपभोक्तालाई राहत दिने उद्देश्यले बजारको महँगीलाई नियन्त्रणमा राख्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षमा उपभोक्ता मूल्य मुद्रास्फीति (महँगी)लाई ६ प्रतिशतको वाञ्छित सीमाभित्रै सीमित राख्ने लक्ष्य सरकारले लिएको छ। उत्पादन वृद्धि, आपूर्ति प्रणालीमा सुधार र विवेकपूर्ण मौद्रिक नीतिको समन्वयमार्फत आर्थिक वृद्धि र मूल्य स्थिरताको यो सन्तुलन कायम गरिने बजेटमा उल्लेख छ।
The post आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य, महँगी ६ प्रतिशतमा सीमित राखिने appeared first on Anupam Khabar.
बजेट २०८३/८४: २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत, राजस्वबाट १४ खर्ब उठाउँदा साढे ६ खर्ब ऋण लिने
जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये चालू खर्चतर्फ सबैभन्दा ठूलो हिस्सा अर्थात् ५९.८ प्रतिशत (१२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ) विनियोजन गरिएको छ। यसैगरी, विकास निर्माण र पूर्वाधारका लागि पुँजीगत खर्चतर्फ २०.३ प्रतिशत (४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ) र वित्तीय व्यवस्थापनका लागि १९.९ प्रतिशत (४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ) बजेट छुट्ट्याइएको छ।
उक्त बजेटको खर्च बेहोर्ने स्रोततर्फ सरकारले राजस्व संकलनबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। बाँकी अपुग स्रोतका लागि सरकारले २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण र ४ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ।
The post बजेट २०८३/८४: २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत, राजस्वबाट १४ खर्ब उठाउँदा साढे ६ खर्ब ऋण लिने appeared first on Anupam Khabar.
सरकारी कार्यालय र शैक्षिक संस्था हप्तामा दुई दिन बिदा (राजपत्रको सूचना हेर्नुहोस्)
चैत २२, काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरू हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
पेट्रोलियम आपूर्तिमा देखिएको असहजताको कारण चैत २३ गते सोमबारदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । शैक्षिक संस्था बाहेक सरकारी कार्यालय र सार्वजनिक निकायमा कार्यालय समय पनि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको छ। I
सरकारको उक्त निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
The post सरकारी कार्यालय र शैक्षिक संस्था हप्तामा दुई दिन बिदा (राजपत्रको सूचना हेर्नुहोस्) appeared first on Anupam Khabar.
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
चैत २२, काठमाडौं । प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डीपी) अर्याल सभामुख निर्वाचित भएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकबाट उनी नेपालको दशौँ सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए ।
सभाका अध्यक्ष अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
The post सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित appeared first on Anupam Khabar.
टी-२० विश्वकप: रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित
माघ २५, काठमाडौं। टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पच्छाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा १० रनको आवश्यक हुँदा खेल रोमाञ्चक मोडमा गएको थियो । तर सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि नेपालले जित निकाल्न सकेन ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरे । तर चौथो ओभरमा आसिफ शेख आउट भए भने छैटौं ओभरमा कुशल भुर्तेल पनि आउट भए । भुर्तेलले १७ बलमा २९ रन बनाए । त्यसक्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे ।
दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए । उनीहरुले राम्रो साझेदारी गर्दै इंग्लयाण्डलाई दबामा राखेको थियो । तर ४४ रन बनाएर दीपेन्द्र आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरे । योसँगै उनले टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा पनि गरे । दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् ।
यस्तै ३४ बल खेलेका कप्तान रोहितले दुई चौका र एक छक्काको मद्दतमा ३९ रन बनाए । यस्तै लोकेश बम ३९ रनमा अवजित रहे । उनले दुई छक्का र चार चौका प्रहार गरे । आरिफ शेख बने १० रन बनाएर आउट भए ।
बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिए । यस्तै लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र सैम करनले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डको सुरुवात खराब रहेको थियो । दोस्रो ओभरमा फिल साल्ट आउट भए । त्यसबेला इङ्ल्यान्डको स्कोर केवल ५ रनमा मात्र थियो । त्यसपछि बटलरले राम्रो इनिङ खेले । तर उनी पनि पाँचौं ओभरमा आउट भए । बटलरले १७ बलमा २६ रन बनाए ।
इङ्ल्यान्डका ज्याकब बेथेल र ह्यारी ब्रुकले अर्धशतक प्रहार गरे । ज्याकब बेथेलले चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । यस्तै कप्तान ह्यारी ब्रूकले चार चौका र तीन छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रन बनाए । त्यसक्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादव सबैभन्दा सफल बलर रहे । दीपेन्द्र र नन्दनले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
The post टी-२० विश्वकप: रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित appeared first on Anupam Khabar.