जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आम नागरिक र मध्यम वर्गलाई लक्षित गरी आयकरको सीमालाई परिमार्जन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको न्यूनतम सीमालाई ५ लाखबाट बढाएर १० लाख कायम गरिने जानकारी गराएका हुन्।

नयाँ व्यवस्था अनुसार अब व्यक्तिगत आयकरतर्फ वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने नागरिकले १ प्रतिशत मात्र (सामाजिक सुरक्षा कर) तिर्नुपर्नेछ। हाल एकल व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा वार्षिक ५ लाख तथा विवाहित व्यक्तिका हकमा ६ लाखको सीमा कायम छ ।

यसैगरी, व्यक्तिगत आयकरको सबैभन्दा उच्च दरमा पनि १० प्रतिशत विन्दुले घटाइएको छ । अब व्यक्तिगत आयकरको अधिकतम सीमा २९ प्रतिशत कायम भएको छ।

यो परिवर्तनले मध्यम वर्गीय परिवारको हातमा बढी रकम बचत गराउन मद्दत पुग्नेछ।

प्रतिक्रिया