माघ ७, काठमाडौं । यस वर्षको कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । चैतको पहिलो साता हुनुपर्ने परीक्षा चुनावका कारण चैत १९ गतेदेखि गर्ने निर्णय भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।
त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरआवसीय नेपाली विद्यार्थीको लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।
परीक्षा तालिका हेर्नुहोस्

