माघ ७, काठमाडौं । सुनको मूल्य एकैदिन १० हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख रुपैयाँ नजिक पुगेको छ।
मंगलबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन बुधबार १० हजार ४ सयले बढेर प्रतितोला २ लाख ९५ हजार १ सयमा कारोबार भएको हो।
चाँदीको मूल्य पनि बुधबार ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

