असोज ३०, काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च भएको छ। पछिल्लो समय निरन्तर बढिरहेको सुनको भाउ साढे २ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यस दिन तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो ।अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी बिहीबार ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ ३३२५ रुपैयाँ थियो ।

प्रतिक्रिया