असोज ३०, काठमाडौं। नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ। एमाले केन्द्रीय कमिटी बैठक ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरु भएको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन्। बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए।

बुधबार बोल्ने प्रायः केन्द्रीय सदस्य चुनावमा जानुपर्ने पक्षमा उभिएका छन्। त्यस्तै केही केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुनुपर्ने धारणा राखेका थिए।

शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ।

प्रतिक्रिया