असोज २६, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ ।

आइतबार आयोगको टोलीले लेखा अधिकृत दाहाललाई एक लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको हो । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस वापतको रकम लिई निजको कार्यकक्ष भित्र लुकाई राखेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया