असोज २६, काठमाडौं। नेकपा एमाले संसद् विघटन विरुद्ध अदालत जाने भएको छ। भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले आइतबार संसद् विघटन असंवैधानिक भएको भन्दै अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको गतिविधिहरु चुनाव उन्मुख नरहेको र संसद् विघटन असंवैधानिक भएको निष्कर्षसहित संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएको जानकारी दिए ।

एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन गर्ने निर्णय समेत गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । दिउँसो १२ बजेबाट सुरु भएको बैठक करिब ९ घण्टासम्म बसेको थियो। मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि गते र स्थानमा नै अहिलेसम्म तोकिएको छैन।

प्रतिक्रिया