भदौ २८, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेपछि हालको प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गतेका लागि आम निर्वाचन मिति घोषणा गरेका छन्।
जेन–जी आन्दोलनको दबाबपछि सुशीला कार्कीलाई शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो। नियुक्तिपछि उनले तत्कालै राजनीतिक स्थायित्वका लागि नयाँ जनादेश आवश्यक भएको ठहर गर्दै संसद् विघटन गर्ने निर्णय लिएकी हुन्।
यससँगै अब आगामी फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन हुने भएको छ।


