काठमाडौं, ३० जेठ । गत चैत १५ मा तीनकुने भएको राजाबादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहिबार थुनछेक बहस सकिएपछि मध्यरातमा यस्तो आदेश आएको हो। प्रसाई सहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको हो । उक्त घटनामा पक्राउ परेका अन्य ३२ जनालाई जनही १० हजारदेखि १ लाखसम्म धरौटीमा रिहा गरिएको छ।
कसलाई कति धरौटी?



