काठमाडौं, २९ जेठ। नेपाल र वेस्ट इन्डिजबीच टी-२० क्रिकेट शृंखला हुने भएको छ । नेपाल क्रीकेट संघ (क्यान)ले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ३ खेलको टी-२० क्रिकेट शृंखला हुने घोषणा गरेको हो ।

क्यानका अनुसार उक्त सिरिज सेप्टेम्बर २७, २८ र ३० मा यूएईको शारजाह क्रिकेट रंगशालामा हुनेछ । नेपालले पहिलोपटक वेस्ट इन्डिजसंग अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो । वेस्ट इन्डिजले दुईपटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

नेपाली टोलीले केहिदिन अघि स्कटल्याण्डमा आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्याण्डस् र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय शृंखला खेलेको थियो।

प्रतिक्रिया