काठमाडौं, १८ बैशाख। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटेको छ। यस्तै, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४ रूपैयाँ घटाइएको छ।

नयाँ मूल्य सूची अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ। त्यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर १२१ तोकिएको छ।

प्रतिक्रिया