काठमाडौं, ०३ बैशाख। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२:०० बजेपछि लागू हुने गरी निगमले विज्ञप्ति मार्फत पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

 

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ निर्धारण गरिएको छ। ठाउँ अनुसार फरक मूल्य निर्धारण हुने गरेको छ। जसअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज आसपासमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा तोकिएको छ।

 

त्यसैगरी दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ आसपासमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ र तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दीपायल डिपो आसपासमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ तोकिएको छ।

 

मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएकाले सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

 

 

 

प्रतिक्रिया