प्रमुख समाचार Archives - Anupam Khabar
फिफा विश्वकप २०२६: एक्स्ट्रा टाइममा स्वीट्जरल्याण्डलाई ३-१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
असार २८, काठमाडौं। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। कान्सास सिटीमा भएको निकै रोमान्चक र तनावपूर्ण क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई एक्स्ट्रा टाइममा ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइममा धकेलिएको थियो, जहाँ अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल थप्यो।
खेलको १० औं मिनेटमै लियोनेल मेस्सीको उत्कृष्ट कर्नर पासमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ६७ औं मिनेटमा स्वीट्जरल्याण्डका ड्यान न्डोये गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए र खेलमा उत्साह थपे।
खेलको ७२ औं मिनेटमा स्वीट्जरल्याण्डका मुख्य फरवार्ड ब्रील एमबोलो दोहोरो पहेँलो कार्ड (रातो कार्ड) खाँदै मैदानबाट बाहिरिएपछि स्वीस टोली १० खेलाडीमा खुम्चिन पुग्यो।
यो ऐतिहासिक जितसँगै अर्जेन्टिना अब फाइनल प्रवेशका लागि आगामी बुधबार अटलान्टामा इङ्गल्याण्डसँग भिड्नेछ। इङ्गल्याण्डले शनिबार नै भएको अर्को क्वार्टरफाइनल खेलमा नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरिसकेको छ।
The post फिफा विश्वकप २०२६: एक्स्ट्रा टाइममा स्वीट्जरल्याण्डलाई ३-१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा appeared first on Anupam Khabar.
आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य, महँगी ६ प्रतिशतमा सीमित राखिने
जेठ १५, काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै देशको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै उक्त वृद्धिको लक्ष्य तय गरिएको बताए।
यसैगरी, बजेटले आम उपभोक्तालाई राहत दिने उद्देश्यले बजारको महँगीलाई नियन्त्रणमा राख्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षमा उपभोक्ता मूल्य मुद्रास्फीति (महँगी)लाई ६ प्रतिशतको वाञ्छित सीमाभित्रै सीमित राख्ने लक्ष्य सरकारले लिएको छ। उत्पादन वृद्धि, आपूर्ति प्रणालीमा सुधार र विवेकपूर्ण मौद्रिक नीतिको समन्वयमार्फत आर्थिक वृद्धि र मूल्य स्थिरताको यो सन्तुलन कायम गरिने बजेटमा उल्लेख छ।
The post आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य, महँगी ६ प्रतिशतमा सीमित राखिने appeared first on Anupam Khabar.
बजेट २०८३/८४: २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत, राजस्वबाट १४ खर्ब उठाउँदा साढे ६ खर्ब ऋण लिने
जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये चालू खर्चतर्फ सबैभन्दा ठूलो हिस्सा अर्थात् ५९.८ प्रतिशत (१२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ) विनियोजन गरिएको छ। यसैगरी, विकास निर्माण र पूर्वाधारका लागि पुँजीगत खर्चतर्फ २०.३ प्रतिशत (४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ) र वित्तीय व्यवस्थापनका लागि १९.९ प्रतिशत (४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ) बजेट छुट्ट्याइएको छ।
उक्त बजेटको खर्च बेहोर्ने स्रोततर्फ सरकारले राजस्व संकलनबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। बाँकी अपुग स्रोतका लागि सरकारले २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण र ४ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ।
The post बजेट २०८३/८४: २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत, राजस्वबाट १४ खर्ब उठाउँदा साढे ६ खर्ब ऋण लिने appeared first on Anupam Khabar.
सरकारी कार्यालय र शैक्षिक संस्था हप्तामा दुई दिन बिदा (राजपत्रको सूचना हेर्नुहोस्)
चैत २२, काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरू हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
पेट्रोलियम आपूर्तिमा देखिएको असहजताको कारण चैत २३ गते सोमबारदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । शैक्षिक संस्था बाहेक सरकारी कार्यालय र सार्वजनिक निकायमा कार्यालय समय पनि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको छ। I
सरकारको उक्त निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
The post सरकारी कार्यालय र शैक्षिक संस्था हप्तामा दुई दिन बिदा (राजपत्रको सूचना हेर्नुहोस्) appeared first on Anupam Khabar.
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
चैत २२, काठमाडौं । प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डीपी) अर्याल सभामुख निर्वाचित भएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकबाट उनी नेपालको दशौँ सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए ।
सभाका अध्यक्ष अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
The post सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित appeared first on Anupam Khabar.
टी-२० विश्वकप: रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित
माघ २५, काठमाडौं। टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पच्छाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा १० रनको आवश्यक हुँदा खेल रोमाञ्चक मोडमा गएको थियो । तर सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि नेपालले जित निकाल्न सकेन ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरे । तर चौथो ओभरमा आसिफ शेख आउट भए भने छैटौं ओभरमा कुशल भुर्तेल पनि आउट भए । भुर्तेलले १७ बलमा २९ रन बनाए । त्यसक्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे ।
दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए । उनीहरुले राम्रो साझेदारी गर्दै इंग्लयाण्डलाई दबामा राखेको थियो । तर ४४ रन बनाएर दीपेन्द्र आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरे । योसँगै उनले टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा पनि गरे । दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् ।
यस्तै ३४ बल खेलेका कप्तान रोहितले दुई चौका र एक छक्काको मद्दतमा ३९ रन बनाए । यस्तै लोकेश बम ३९ रनमा अवजित रहे । उनले दुई छक्का र चार चौका प्रहार गरे । आरिफ शेख बने १० रन बनाएर आउट भए ।
बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिए । यस्तै लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र सैम करनले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डको सुरुवात खराब रहेको थियो । दोस्रो ओभरमा फिल साल्ट आउट भए । त्यसबेला इङ्ल्यान्डको स्कोर केवल ५ रनमा मात्र थियो । त्यसपछि बटलरले राम्रो इनिङ खेले । तर उनी पनि पाँचौं ओभरमा आउट भए । बटलरले १७ बलमा २६ रन बनाए ।
इङ्ल्यान्डका ज्याकब बेथेल र ह्यारी ब्रुकले अर्धशतक प्रहार गरे । ज्याकब बेथेलले चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । यस्तै कप्तान ह्यारी ब्रूकले चार चौका र तीन छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रन बनाए । त्यसक्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादव सबैभन्दा सफल बलर रहे । दीपेन्द्र र नन्दनले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
The post टी-२० विश्वकप: रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित appeared first on Anupam Khabar.
वैदेशिक व्यापारः करिब साढे ९ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात
माघ ७, काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले कूल रू.१० खर्ब ८१ अर्ब ४ करोड बराबरको वैदेशिक व्यापार गरेको छ। जसमा नेपालले रू.७ खर्ब ९७ अर्ब ४८ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कूल रू. ९ खर्ब ३९ अर्ब २ करोड २८ लाखको वस्तु आयात हुँदा रू. १ खर्ब ४२ अर्ब १ करोड ८० लाख बराबरको मात्रै निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कुल वैदेशिक व्यापार १७ दशमलव ३६ प्रतिशत बढेको छ भने व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ प्रतिशत र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ।
वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदार भारतसँग पछिल्लो छ महिनामा रू. ५ खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको वस्तु आयात भएको छ भने रू.१ खर्ब १५ अर्ब ७४ करोड ३६ लाखको निर्यात भएको छ। यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र रू.४ खर्ब १६ अर्ब ७१ करोड ३० लाख रहेको छ।
अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो छ महिनाको व्यापार घाटा रू.१ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख छ। यस अवधिमा चीनबाट रू.१ खर्ब ९६ अर्ब ९४ लाख बराबरको वस्तु आयात हुँदा रू. ६४ करोड ९ लाख बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ।
नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन्।
त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ। पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग रू. ९ करोड १५ लाखको आयात र रू. ५१ करोड २ लाखको निर्यात गर्दा रू. ४१ करोड ८६ लाख व्यापार नाफा देखिन्छ। रोमानिया, स्वीडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको नाफा छ।
यो अवधिमा वस्तु आयातबाट भन्सार राजस्व रू.२ खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार संकलन भएको विभागले जनाएको छ।
पेट्रोलियम आयात सबैभन्दा उच्च
यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ। चालु आवको पुस मसान्तसम्ममा रू. ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, रू. ३३ अर्ब ७ करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र रू. २७ अर्ब ४ करोड २० लाख २६ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ।
त्यसैगरी यो अवधिमा रू. २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, रू. ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, रू. १४ अर्ब ४ करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ।
त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै रू. ५६ अर्ब ८ करोड २४ लाख २६ हजार रहेको छ भने रू. ७ अर्ब १९ करोड ९५ लाखको अलैँची, रू. ४ अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल, रू. ३ अर्ब ११ करोडको कार्पेटलगायत छन्।
The post वैदेशिक व्यापारः करिब साढे ९ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात appeared first on Anupam Khabar.
प्रतिनिधि सभा निर्वाचन: ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता
माघ ६, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ।
उम्मेदवारीमध्ये पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका निर्वाचन आयोगले जनाएको छ । देशभरका १६५ वटा निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गर्दैछन्। आयोगका अनुसार मनोनयन प्रक्रियामा अपेक्षाकृत उच्च सहभागिता देखिएको हो।
दर्ता भएका उम्मेदवार उपर बुधबार योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।
The post प्रतिनिधि सभा निर्वाचन: ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता appeared first on Anupam Khabar.
पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
असोज २९, काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
भेपमा लुकाएर सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका महरालाई थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार  यस्तो आदेश गरेको हो ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा करिब साढे ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले महरालाई आइतबार ललितपुरको खुमलटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।
दुबईबाट आएको जहाजमा इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर गरिएको हो ।
चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी सीआईबीले गरेको छ। महराविरुद्ध कसुरको पूरक अभियोग सोमबार दर्ता भएको थियो ।
यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिएका थिए ।
The post पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश appeared first on Anupam Khabar.
नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्ने
असोज २९, काठमाडौं। नेपालले तेस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने पक्का भएको छ । ओमानमा जारी एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेको नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो ।
यसअघि, नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।
छनोट प्रतियोगिता अन्तर्गत ‘सुपर–६’ चरणको बुधबार भएको खेलमा यूएईले सामोआलाई ७७ रनले हराएसँगै विश्वकपमा नेपालको स्थान पक्का भएको हो । नेपालसँगै आयोजक ओमान पनि विश्वकपमा पुगेको छ । ‘सुपर–६’ चरणको तालिकामा ओमान ६ अंकसहित पहिलो स्थानमा छ । समान अंक बटुलेको नेपाल दोस्रो स्थानमा छ । नेपाली टोली नेट रन रेटमा ओमानसँग पछि परेको हो ।
नेपाल र ओमानले अब दुई–दुई खेल खेल्न बाँकी छ । यूएई चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यूएईले अब एक खेलमात्र खेल्न बाँकी छ । जापान दुई अंकसहित चौथो स्थानमा छ । जापानले अब दुई खेल खेल्न बाँकी छ ।
यसैगरी, कतार दुई अंकसहित तालिकाको पाँचौं स्थानमा छ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेको छ । हालसम्म अंक बटुल्न नसकेको सामोआ भने तालिकाको छैटौं स्थानमा छ । सामोआले अब दुई खेल खेल्न बाँकी छ ।
‘सुपर–६’ चरणको खेलको समाप्तिपछि अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली आगामी टी–२० विश्वकपमा छनोट हुने प्रावधान छ । ‘सुपर–६’ चरणमा जापान र यूएई आपसमा भिड्न बाँकी नै रहेकाले नेपाल र ओमान दुई खेलअगावै विश्वकपमा छनोट भएका हुन् ।
जापानविरुद्धको खेलमा पराजित भए यूएईको अंक चार मात्र हुनेछ । त्यो खेल अनिर्णित रुपमा सकिए यूएईको अंक पाँच पुग्नेछ । यी दुबै स्थितिमा यूएईको अंक नेपाल र ओमानको भन्दा कम हुनेछ । तर, जापानविरुद्धको खेलमा विजयी भए यूएईको अंक पनि ६ पुग्नेछ । यस्तो स्थितिमा नेपाल र ओमानसँगै यूएई पनि विश्वकपमा छनोट हुनेछ ।
यसैगरी, जापानी टोली बाँकी दुवै खेलमा विजयी भए यूएई प्रतियोगिताबाट बाहिरिने छ । यस्तो स्थितिमा नेपाल र ओमानसँगै जापान आगामी विश्वकपमा छनोट हुनेछ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेकाले आफ्नो अन्तिम खेलमा विजयी भए पनि कतारको अंक चारमात्र पुग्नेछ ।
यसैगरी, सामोआले अब दुई खेल खेल्न बाँकी छ । ती दुबै खेलमा विजयी भए पनि सामोआको अंक चारमात्र पुग्नेछ । यस्तो स्थितिमा सामोआले पनि नेपाल र ओमानलाई उछिन्न सक्ने अवस्था छैन ।
नेपाल र ओमान भिड्दै
जारी छनोट प्रतियोगिताको सबैभन्दा महत्त्वपूर्ण खेल पनि बुधबार राति नै खेलिँदैछ । उक्त खेलमा तालिकाको पहिलो स्थानमा आसिन ओमान र दोस्रो स्थानमा आसिन नेपाल आपसमा भिड्दै छन् ।
नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार, राति ८:४५ बजे शुरू हुनेछ । यो खेलमा विजयी हुने टोली नै जारी छनोट प्रतियोगिताको च्याम्पियन बन्ने बलियो सम्भावना छ ।
‘सुपर–६’ चरणमा नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । ओमानले पनि आफ्नो अन्तिम खेल शुक्रबार नै जापानसँग खेल्नेछ । त्यसअघि, बिहीबार जापान र यूएई तथा कतार र सामोआबीच खेल हुनेछ ।
The post नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्ने appeared first on Anupam Khabar.