स्वास्थ्य Archives - Anupam Khabar

सरकारी अस्पतालका स्वास्थ्य उपकरणको मर्मत राष्ट्रिय आविष्कार केन्द्रले गर्ने
काठमाडौं, ५ भदौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरे । सो क्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे । केन्द्रको सहयोगमा राज्यको खेर गैरहेको सम्पत्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने उनको धारणा छ ।

केन्द्र प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । यसले आफूहरूलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवादसमेत दिए । अब केन्द्रले हाल मन्त्रालयअन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने बताइएको छ ।

The post सरकारी अस्पतालका स्वास्थ्य उपकरणको मर्मत राष्ट्रिय आविष्कार केन्द्रले गर्ने appeared first on Anupam Khabar.

‘नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्छ ’
काठमाडौँ, ३० वैशाख ः नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्रा मनकुमारी राईले नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । नेपाल नर्सिङ सङ्घको १४औँ राष्ट्रिय सम्मेलन तथा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रम उहाँले उहाँले बिरामीको अनुपातमा नर्सहरूको दरबन्दी कम रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “दरबन्दी बढाउन सके नर्सहरूले जागिर पनि पाउने र बिरामीले गुणस्तरीय सेवा पनि पाउँछन् ।” उहाँले नर्सहरूको सेवासुविधा न्यून रहेको भन्दै त्यसमा पनि सरकारको ध्यानाकर्षण जरुरी रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौला अबको आउने दिनमा नर्सिङ लगानी गर्नुपर्ने बताउँदै भन्नुभयो, “नर्सिङ जनशक्तिले विभिन्न सेक्टरहरुमा नर्सहरुले काम गरिरहेका छन् । विद्यालय नर्सका पनि व्यवस्था गरिएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यको विकासका लागि पनि यो कार्यक्रम एकदमै लाभदायी साबित भएको छ ।”

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी सहायक डिन (प्रशासन) प्रा तक्मा केसीले नर्सहरुमा लगानी गर्दा देशको आर्थिक सामथ्र्यलाई पनि सहयोग पुग्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नर्समा लगानी आवश्यक छ । उनीहरुको शिक्षा, तालिम, रोजगारी, सेवासुविधामा सरकारले ध्यान दिनुपर्छ ।”

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले प्रत्येक वर्ष स्वास्थ्यकर्मीहरु उत्पादन हुने तर उनीहरुको भविष्य अन्यौलतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति उत्पादन भइरहेका छन् तर कुन देशको भिषा लगाउने भन्ने सोच्न बाध्य हुन्छन् । स्वास्थ्यकर्मी त्यस्तो श्रमिक जसले मजदुर दिवसको पनि बिदा पाउँदैनन् । अहिलेसम्म दरबन्दी सिर्जना गर्न सकिएको छैन । यसमा सरकारले चासो दिनुपर्छ ।”

नेपाल नर्सिङ सङ्घका अनुसार देशभर हाल देशभर क्रियाशील नर्सहरुको सङ्ख्या ८२ हजार चार सय ७१ जना कार्यरत रहेका छन् जसमा विशेषज्ञ नर्स एक हजार पाँच सय सातजना छन् । सरकारी क्षेत्रमा १८ हजार र निजीमा १८ देखि २० हजार नर्स कार्यरत रहेको तथ्याङ्क छ ।  त्यसैगरी, रोजगारीविहीन नर्सहरुको २० हजार हाराहारीमा रहेको छ ।

The post ‘नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्छ ’ appeared first on Anupam Khabar.

जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधिहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधिहरू प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानले २० लाखका लागि शिओनोगी एन्ड कम्पनीले उत्पादन गरेको एक्सोभा ट्याब्लेट, १६ लाखका लागि मर्क एन्ड कम्पनीले बनाएको लागेभ्रियो क्याप्सुल र २० लाखका लागि फाइजर इन्कले उत्पादन गरेको प्याक्सलोभिड चक्की सुरक्षित गरेको राखेको छ ।

औषधिका लागि भुक्तानी गरिएको रकम प्रतिवेदनमा खुलाइएको छैन । तीन खर्ब येन (करिब एक अर्ब ९३ करोड अमेरिकी डलर) मूल्यको अनुमानित बाँकी औषधि म्याद सकिएपछि नष्ट गरिने छ ।

जापानले पहिले नै प्रयोग नगरिएका कोभिड–१९ खोपको २४ करोड डोज डिस्पोज गरिसकेको छ । यसको मूल्य छ खर्ब ६५ अर्ब ३० करोड येन (लगभग चार अर्ब २७ करोड डलर) रहेको क्योदोले जनाएको छ ।

The post जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने appeared first on Anupam Khabar.

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
तनहुँ, ३१ वैशाख : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।

सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भारत सरकारले तीन सय शय्याको श्वासप्रश्वास र नेपाल सरकारले सात सय शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।

स्वास्थ्य मन्त्रलायले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको छ”, कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो, “एक हजार शय्या अस्पतालका लागि भौतिक संरचना निर्माण गर्न भवन विभागबाट विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।”

उहाँका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई केन्द्रीय अस्पतालका रूपमा स्थापना गरी पचास शय्याको जनरल अस्पताल सञ्चालनमा ल्याइएको छ ।

केन्द्रले विशेषज्ञसहितका चिकित्सकबाट श्वासप्रश्वाससम्बन्धी उपचार सेवा दिन सुरु गरिसकेको डा श्रेष्ठले जानकारी दिनुभयो । हाल श्वासप्रश्वाससहित ५० शय्या क्षमताको जनरल अस्पताल सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

“केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी एसियाकै ठूलो अस्पताल बनाउने योजनामा लागेका छौँ”, डा श्रेष्ठले भन्नुभयो, “यसले देशको स्वास्थ्य क्षेत्रमा अग्रणी फड्को मार्न सक्ने श्विास लिइएको छ ।” उहाँका अनुसार केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ र नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

“उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत बिरामी बीमा गराएका हुन्छन्”, कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार हाल केन्द्रमा एक सय दुई जना जनशक्ति कार्यरत छन् ।

साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रुपमा सञ्चालन हुँदै आएकामा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि विसं २०७३ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो ।

केन्द्रले सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया, हाडजोर्नी, नाक, कान र घाँटी, एक्से–रे, भिडियो एक्स–रे, ल्याब, श्वासप्रश्वासलगायत क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

The post जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै appeared first on Anupam Khabar.

स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन
पाटन (ललितपुर), ३१ वैशाख : नेपालमा स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिता जिम साइमन्सको निधन भएको छ ।

गणितविज्ञ एवं बाल स्ट्रिटका सफल लगानीकर्ता जिम साइमन्सको ८६ वर्षको उमेरमा निधन भएको ‘निक साइन्स फाउन्डेसन नेपाल’का अध्यक्ष विद्याधर मल्लिकले जानकारी गराउनुभयो ।

“जिम साइमन्सको अमेरिकाको म्यानहट्टनस्थित आफ्नै घरमा गत शुक्रबार उहाँको निधन भएको हो, सन् २००२ मा उहाँको छोरा निक साइमन्स नेपाल भ्रमणमा आउनुभएको थियो, त्यतिबेला उहाँले नेपालप्रतिको लगावबारे आमाबुवालाई भन्नुभएको थियो, सन् २००३ मा इन्डोनेसियामा निकको मृत्यु भएको थियो, त्यसपछि जेम्सले छोराको नाममा निक साइमन्स फाउन्डेसन र निक साइमन्स इन्स्टिच्युटमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनुभएको थियो”, उहाँले भन्नुभयो ।

उहाँले गणितका क्षेत्रमा क्वान्टम फिल्ड थ्यौरी, स्ट्रिङ थ्यौरी र कन्डेन्स्ड मेटर फिजिमक्समा महत्त्वपूर्ण भूमिका खेल्ने अध्ययन प्रकाशित गरेको उहाँले जानकारी गराउनुभयो । पूरा नाम जेम्स ह्यारिस साइमन्स रहेका उहाँले सन् १९७५ मा ज्यामितिमा अमेरिकाको राष्ट्रिय पुरस्कार पाउनुभएको थियो । पछि ४० वर्षको उमेरमा उहाँले लगानीका क्षेत्रमा काम सुरु गर्नुभएको थियो । उहाँले ‘रेनेसान्स टेक्नोलोजिज’ नामक लगानी व्यवस्थापन कम्पनी स्थापना गर्नुभएको थियो ।

गणितकै विज्ञता प्रयोग गरेर उहाँले यो कम्पनीलाई केही दशक वार्षिक ६६ प्रतिशतसम्म नाफा कमाउन सफल बनाउनुभएको थियो । उहाँले सुरु गरेको गणितमा आधारित कम्प्युटर पद्धतिको प्रयोगपछि अन्य कम्पनीले थालेका थिए र लगानीकर्तालाई ठूलो मुनाफा दिन सफल भएका थिए ।

साइमन्सले ठूलो रकम विश्वभर दान गर्दै आउनुभएको थियो । उहाँको परोपकारी संस्था साइमन्स फाउन्डेसनले नेपालमा निक साइमन्स इन्स्टिच्युटबाट स्वास्थ्यका क्षेत्रमा सहयोग एवं योगदान गर्दै आएको छ । फोर्ब्सका अनुसार हाल उहाँको कूल सम्पत्ति ३१ अर्ब अमेरिकी डलरभन्दा बढी छ ।

The post स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन appeared first on Anupam Khabar.