मनोरञ्जन Archives - Anupam Khabar

‘नेपाल आइडल सिजन–६’को उपाधि गंगा सोनामलाई
भदौ १६, काठमाडौं। चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनको उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छिन्। आइतबार राति सम्पन्न फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्।

छनोट देखि विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका उत्कृष्ट पाँचमा गंगा सोनाम, बबिता थापामगर, दर्शना गान्धारी, अभिनय खाती र मृनल मानन्धरबीच प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रस्तुति र दर्शकको भोटका आधारमा अन्ततः सोनाम विजेता बनेकी हुन्।

सोनामले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। सोही अवसरमा फस्ट रनरअप घोषित बबिता थापामगरले १० लाख रुपैयाँ जितिन् भने सेकेन्ड रनरअप दर्शना गान्धारीले ५ लाख रुपैयाँ हात पारिन्। त्यस्तै, अभिनय खाती र मृनल मानन्धरले चौथो तथा पाँचौं स्थान हासिल गर्दै दुवैले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन्।

The post ‘नेपाल आइडल सिजन–६’को उपाधि गंगा सोनामलाई appeared first on Anupam Khabar.

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’
काठमाडौँ, ३० वैशाख : देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा नाटक, नृत्य र गीत प्रस्तुत गरिँदै आएको सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्रकुमार हतुवाली राईले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दोस्रो संस्करणको रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ । दुई घन्टाको प्रस्तुतिमा राष्ट्रिय विभूति अरनिको तिब्बत गएर कला प्रदर्शनी गरी नेपालको नाम उँचो बनाएको विषयमा कलाकारहरुले लोकनाटक प्रदर्शन गरेका थिए ।

त्यसैगरी, सांस्कृतिक संस्थानका कलाकारहरुले मालश्री धुन, मञ्जुश्री नाच, कर्णाली प्रदेशको सिङारु (वनगारी) नृत्य, लिम्बू र याखा जातिको च्याब्रुङ, थारू जातिमा प्रचलित लट्ठी नाच, नेवारी समुदायको धिमे नाच, गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ, पश्चिम कोही पूर्व घरलगायतका जागरण गीत र नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा ७१ वर्षीया कोलीकुमारी कुँवरले मादल बजाउनुहुँदै गीत प्रस्तुत गर्नुभयो ।

संस्थानका तर्फबाट खर्क बुढा, नरसिंहलाल श्रेष्ठ, लोकराज राई, दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति, रोहित सुवेदी, सीतामैया राचल, सुक्रिमाया तामाङ, धर्म गन्धर्वले वाद्यवादनमा सघाउनुभएको थियो । गायनतर्फ तीर्थराज पोखरेल, दीपेन्द्र बज्राचार्य, शिला विष्ट, बिपिन घिमिरे, राधिका भण्डारी र खुसी थुलुङ्ग राईले साथ दिनुभएको थियो ।

अब देशका विभिन्न भूगोलमा बासोबास गर्ने जातजाति र समुदायमा प्रचलित लोकनृत्य, बाजा र संस्कृतिलाई उजागर गर्ने योजना रहेको संस्थानका अध्यक्ष राईले जानकारी दिनुभयो ।

सांस्कृतिक कार्यक्रममा पूर्वमन्त्री सुदन किरातीले नेपाली कला र संस्कृतिले राष्ट्रिय एकता निर्माण गर्ने बताउनुभयो ।

The post राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ appeared first on Anupam Khabar.

नयाँ पुस्ता लक्षित शास्त्रीय सङ्गीत उत्सव
अन्नपूर्ण (कास्की), ३१ वैशाख : पोखरामा नयाँ पुस्तालाई लक्षित गर्दै शास्त्रीय सङ्गीत उत्सव गरिएको छ ।

आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको शास्त्रीय सङ्गीत तथा परम्परागत विभागको आयोजनामा उत्सव गरिएको हो । कार्यक्रममा शास्त्रीय सङ्गीत समाज गण्डकी र विन्ध्यावासिनी धार्मिक विकास समितिले सहकार्य गरेको थियो ।

सङ्गीतको व्याकरण शास्त्रीय सङ्गीतप्रति अकर्षण घटिरहेको समयमा नयाँ पुस्तालाई यसबारेमा जानकारी गराउन उत्सव गरिएको शास्त्रीय सङ्गीत तथा परम्परागत विभाग प्रमुख डक्टर किराँतले बताउनुभयो । प्रदीप सारुमगरको यमन रागबाट सुरु भएको उत्सव नृत्याङ्गना माया थापाको शास्त्रीय कथक नृत्यमार्फत बिट मारिएको थियो । उत्सवमा सङ्गीत र नृत्यका आठ प्रस्तुति राखिएको थियो ।

उत्सवमा गण्डकीका कलाकारले तीन शास्त्रीय सङ्गीतको प्रस्तुति दिएको उत्सवमा काठमाडौँबाट आएका कलाकारका पाँच वटा प्रस्तुति रहेका थिए । गायिका सङ्गीता रानाप्रधान, गायक तीर्थराज पोखरेल, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा, नृत्याङ्गाना माया थापा, गायक प्रदीप सारुमगर, विमल लामिछाने, कोएष्टिक पौडेल र अभिषेक भुसालको प्रस्तुति थियो ।

उत्सवमा शास्त्रीय सङ्गीतको थरीथरीका रागमा पोखरेलीले झुम्ने अवसर पाएको शास्त्रीय सङ्गीत समाज गण्डकीका अध्यक्ष श्यामलाल श्रेष्ठले बताउनुभयो । राणाकालीन समयदेखि नै पोखरामा शास्त्रीय सङ्गीतको माहोल सुरु भएको उहाँले सुनाउनुभयो । राणाकालीन समयको अन्त्यसँगै शास्त्रीय सङ्गीत ओेरालो लागेकामा श्रेष्ठको चिन्ता थियो ।

विभाग प्रमुख किराँतले पश्चिमा सङ्गीतको प्रभावले सङ्गीतको व्याकरण शास्त्रीय सङ्गीतप्रति आकर्षण घटिरहेको बताउनुभयो । यो उत्सवले नयाँ पुस्तालाई शास्त्रीय सङ्गीतमा लाग्न प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

The post नयाँ पुस्ता लक्षित शास्त्रीय सङ्गीत उत्सव appeared first on Anupam Khabar.

कला, संस्कृतिको पुस्तान्तरणका लागि सङ्गीत प्रशिक्षण
म्याग्दी (बेनी), ३१ वैशाख : म्याग्दीमा पुराना संस्कृतिको पुस्तान्तरण गर्ने उद्देश्यले युवाहरूलाई सङ्गीत प्रशिक्षण आयोजना गरिएको छ ।

श्रीकृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रले ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव पुस्तान्तरणका लागि १० दिने सङ्गीत प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षणका लागि सामाजिक विकास कार्यालय र बेनी नगरपालिकाले सहयोग गरेका थिए ।

सेवा केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले नेपाली मौलिक बाध्यबाधन बजाउने सीप हराएर जाने अवस्थामा पुगेपछि नयाँ पुस्तामा सीप हस्तान्तरणका लागि सङ्गीत प्रशिक्षण दिइएको बताउनुभयो । वैशाख २१ देखि ३० गतेसम्म सञ्चालन भएको सङ्गीत प्रशिक्षणमा २० युवायुवती र १२ जना प्रौढहरूको सहभागिता थियो ।

तालिममा सारङ्गी, मादल, हार्मोनियम, तबेलालगायत बाध्यबाधनका सामाग्री बजाउन व्यावहारिक अभ्याससहितको प्रशिक्षण दिइएको केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । तालिम अवधिभर शक्ति छिनालले सारङ्गी, चन्द्रप्रसाद श्रेष्ठले तबला, प्रकाशकुमार श्रेष्ठले हार्मोनियम तथा बलराम शर्मा र पूर्णबहादुर जिसीले मादल बजाउन प्रशिक्षण दिनुभएको थियो ।

आइतबार सहभागीले सिकेका सीपको समूहगत प्रस्तुतिसँगै प्रशिक्षणको समापन गरिएको छ । त्यसअवसरमा तालिममा सहभागी विभिन्न चार समूहले बाध्यबाधनसहित भजनकीर्तन प्रस्तुत गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले परम्परागत लोकसङ्गीत र संस्कृतिको जगेर्ना गर्न ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । ‘‘अहिलेका पुस्ता प्रविधिसँग जोडिएका छन्, उनीहरुलाई आफ्नो मौलिककला, संस्कृतिबारे जानकारी नै नहुने समस्या बढी छ । त्यसैले मौलिक संस्कृतिबारे जानकारी र कलासम्बन्धी क्षमता विकास गराउन सकियो भने नेपालीपनलाई जोगाइ राख्न यस्ता कार्यक्रमको आवश्यकता छ’’,उहाँले भन्नुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले ज्येष्ठ नागरिकमा रहेका गीत, सङ्गीत, सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै मौलिक सङ्गीत र संस्कृतिको संरक्षणमा कार्यक्रमले रचनात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले पछिल्लो सयम नेपाली मौलिकता, कला, संस्कृति र परम्परा हराएर जाने चिन्ता व्यक्त भइरहेकाले कार्यालयले विभिन्न क्षेत्र, समुदाय र जातजातिका कला, संस्कृति, भेषभूषा र परम्पराको जगेर्नामा जोड दिएको बताउनुभयो ।

The post कला, संस्कृतिको पुस्तान्तरणका लागि सङ्गीत प्रशिक्षण appeared first on Anupam Khabar.