शिक्षा Archives - Anupam Khabar

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म
माघ ७, काठमाडौं । यस वर्षको कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । चैतको पहिलो साता हुनुपर्ने परीक्षा चुनावका कारण चैत १९ गतेदेखि गर्ने निर्णय भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।

त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरआवसीय नेपाली विद्यार्थीको लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।

परीक्षा तालिका हेर्नुहोस्

The post एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म appeared first on Anupam Khabar.

दुई सय चौध विद्यार्थीलाई गल्याङ नपाको छात्रवृत्ति
वालिङ (स्याङ्जा), ३० वैशाखः गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनुनपररोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख हिमलाल भण्डारीले बताउनुभयो । गल्याङ नगरपालिकाभित्रका गल्याङ बहुमुखी क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत एक वर्षको जनही रु १० हजार आठ सय प्रदान गरेको उहाँले बताउनुभयो ।

यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही रु तीन हजार छ सय उपलब्ध गराइएको छ । “नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेका हौँ”, उहाँले भन्नुभयो, “यस वर्ष क्याम्पस तहमा अध्ययनरत ७८ जनाको मासिक शुल्क निःशुल्क, कक्षा ११ र १२ मा अध्ययनरत एक सय ३६ जनालाई छात्रवृत्ति उपलब्ध गराएका हौँ ।”

यस वर्ष पालिकाबाट दुई सय १४ जनालाई मासिक शुल्क तथा छात्रवृत्ति गरी रु १३ लाख आठ सय भुक्तानी गरिएको उहाँले बताउनुभयो । अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सम्बन्धित क्याम्पस तथा विद्यालयले छात्रवृत्तिका लागि आवेदन माग गर्ने र प्राप्त आवेदनलाई कार्यविधिमा रहेर पालिकामा सिफारिस गर्नुपर्ने छ । “विद्यार्थीले दिएका आवेदनउपर छानबिन गरी सम्बन्धित विद्यालयले पालिकामा सिफारिस गर्छ”, उहाँले भन्नुभयो, “वास्तविक विद्यार्थी छनोट गरी छात्रवृत्ति तथा मासिक शुल्क पालिकाबाट उपलब्ध गराउँछौँ ।”

मासिक शुल्क तिर्न नसकी शिक्षाबाट कोही पनि वञ्चित हुन नदिन र शिक्षामा सबैको पहुँच स्थापित गर्ने उद्देश्यसहित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । “विसं २०७९ मा नगरप्रमुखमा निर्वाचित भएर आइसकेपछि पदभार ग्रहण गर्दाकै बखतमा निर्णय गरिएको थियो”, उहाँले भन्नुभयो, “सोही निर्णयको कार्यान्वयन गर्दै क्याम्पस तथा सामुदायिक विद्यालयका अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क तथा छात्रवृत्ति उपलब्ध गराएका हौँ ।”

यो अभियानले नगरको शैक्षिक रुपान्तरणका लागि पनि महत्त्वपूर्ण टेवा पुग्ने उहाँको विश्वास छ । पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमात्रै अघिल्लो कक्षामा अध्ययन गर्न पुनः छात्रवृत्ति पाउनेछन् । अनुत्तीर्ण विद्यार्थीले भने पुनःउक्त सुविधा पाउने छैनन् ।

The post दुई सय चौध विद्यार्थीलाई गल्याङ नपाको छात्रवृत्ति appeared first on Anupam Khabar.

शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल
काठमाडौँ, ३० वैशाखः त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले शैक्षिक पात्रो सुधारअनुरुप काम गरिरहेको र तयारी भइरहेको जानकारी दिनुभयो ।

“कसरी त्रिविको परीक्षा पात्रो सुधार गर्नुहुन्छ, कसरी परीक्षालाई सुधार गर्नुहुन्छ भन्ने यहाँहरुको जिज्ञासा स्वाभाविक हो”, उहाँले भन्नुभयो, “प्रत्येक प्रदेशमा परीक्षा गर्ने र उत्तरपुस्तिका त्यही सङ्कलन र जाँच गर्ने संरचना भन्दै छ, परीक्षालाई विकेन्द्रीकरणलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।”

उपकूलपति प्रा डा बरालले विद्यार्थीलाई जतिसक्दो चाँडो परीक्षाफल दिनका लागि आइटीको प्रयोग गर्ने योजना सुनाउनुभयो । बजारको मागअनुसार पाठ्यक्रम विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्ने बताउँदै उहाँले त्यसपछि बजारले मागेको जनशक्ति उत्पादन गर्नका निम्ति नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो । नेपाल सरकारको शिक्षा नीति, २०७६ मा विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्नुपर्ने उल्लेख गरिएको छ ।

कमाउँदै पढ भन्ने आफ्नो योजना रहेको बताउँदै उहाँले प्रमाणपत्र मात्रैभन्दा पनि व्यावहारिक र रोजगारमूलक शिक्षा बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयले नेपालको उच्च शिक्षामा करिब ८० प्रतिशत ओगटेको छ, यो विश्वविद्यालय बिग्रिँदा देशको समग्र शिक्षा क्षेत्र नै बिग्रिन्छ भन्ने मेरो योजना, सोँच पत्रमा राखेको छु र अहिले पनि हाम्रो मान्यता त्यही नै छ ।”

उहाँले शैक्षिक पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा र समयमा परीक्षफल प्रकाशित नहुँदा पछिल्लो समयमा विश्वविद्यालयप्रति विकर्षण बढ्दै गएको स्वीकार गर्दै अभिभावक र आमजनतामा विश्वविद्यालयप्रति नकारात्मक किसिमको भावना सिर्जना गरेको बताउनुभयो ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै उहाँले उपकुलपतिलाई विभिन्न समयमा विभिन्न किसिमका धम्की आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो नेपालको ठूलो विश्वविद्यालय हो, यसको ७७ जिल्लामै नेटवर्क छ, त्यसैले विश्वविद्यालय सुधार गर्नका निम्ति हामीले यसको ‘स्ट्रक्चर रिफर्म’ गर्नुपर्छ भन्ने छ, यो नेपाल सरकारको नीतिमा पनि छ ।”

The post शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल appeared first on Anupam Khabar.