भगवती श्रेष्ठ, Author at Anupam Khabar

विपिन जोशी जीवित नरहेको जानकारी सार्वजनिक
काठमाडौं ।

इजरायली सेनाका अधिकारीले हमासद्वारा नियन्त्रणमा लिइएका नेपालका विपिन जोशी जीवित नरहेको जानकारी दिएका छन् ।

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको बताइएको छ ।

अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि सोमबार हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने बताइएको छ ।  सोमबार छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम रहेको छैन ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । अहिले उनीहरु अमेरिकामा छन् ।

The post विपिन जोशी जीवित नरहेको जानकारी सार्वजनिक appeared first on Anupam Khabar.