चैत २२, काठमाडौं । प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डीपी) अर्याल सभामुख निर्वाचित भएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकबाट उनी नेपालको दशौँ सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए ।
सभाका अध्यक्ष अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

