चैत २२, काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरू हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
पेट्रोलियम आपूर्तिमा देखिएको असहजताको कारण चैत २३ गते सोमबारदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । शैक्षिक संस्था बाहेक सरकारी कार्यालय र सार्वजनिक निकायमा कार्यालय समय पनि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको छ। I
सरकारको उक्त निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ।


