माघ ६, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारीमध्ये पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका निर्वाचन आयोगले जनाएको छ । देशभरका १६५ वटा निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गर्दैछन्। आयोगका अनुसार मनोनयन प्रक्रियामा अपेक्षाकृत उच्च सहभागिता देखिएको हो।

दर्ता भएका उम्मेदवार उपर बुधबार योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया