असोज २९, काठमाडौं। ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले घरेलु टोलीलाई १५२ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। कुशलले ६९ रन जोड्ने क्रममा ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ रन जोडे।

तर रोहित पौडेल १ रन, दीपेन्द्रसिंह ऐरी २ रन र कुशल मल्ल ७ रनमा आउट हुँदा नेपालले मध्य ओभरमा दबाब झेल्न परेको छ।

आदिल अन्सारीले १५ बलमा १६ रन र गुल्झन झाले १८ रन बनाए। आदिलले १५ बलमा ३ चौका र गुल्झनले १० बलमा २ छक्का प्रहार गरे। नन्दन यादवले ९ रन जोड्दा सोमपाल कामी १ रन र लोकेश बम शून्यमा आउट भए। बलिङमा ओमानका नदीम खानले ४ विकेट लिए।

 

प्रतिक्रिया