असोज २६, काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। उनलाई भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि आइतबार काठमाडौंबाट पक्राउ गरिएको सीआईबीले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।
२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ९ किलो सुन तस्करी गराएको प्रकरणमा महरा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले अनुसन्धान गरेको थियो। यसअघि बिहीबार मात्रै महराले अख्तियारको कार्यालय पुगेर बयान दिएका थिए ।
यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो ।

