काठमाडौं, २९ जेठ। भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार विमान दुर्घटना भएको छ । गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उड्न लागेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवे छेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारीमा उल्लेख छ । विमानमा २४२ जना सवार रहेको अनुमान गरिए पनि थप विवरण प्राप्त नभइसकेको बताइएको छ।
दुर्घटनापछि आकाशमा बाक्लो धुवाँ देखिएको छ । विमान बस्ती नजिकै दुर्घटना भएकाले जनधनको ठूलो क्षति हुने आशंका गरिएको छ । घटनास्थलमा दमकल र एम्बुलेन्ससहित उद्धार टोली परिचालित भइसकेका छन् । दुर्घटनाको कारणबारे छानबिन गर्न आदेश दिइएको छ भने एयरपोर्ट क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।
दुर्घटनापछि अहिले अहमदाबाद विमानस्थलमा उडान अवतरण बन्द गरिएको छ ।

