काठमाडौं, ८ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएकाे भ्रष्टाचारबारे अनुसन्धान गर्ने भएको छ। संसद्को सार्वजनिक लेखा समितिले बुधबारको बैठकमा विमानस्थलमा भएकाे भ्रष्टाचारबारे आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको हो।

विमानस्थलबारे अध्ययनका लागि लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। अब अख्तियारले आवश्यक अनुसन्धान गरी थप कारबाही प्रक्रिया अघि बढाउने‌छ।

बुधबार दिउँसो १ बजेदेखि शुरु भएको बैठकमा समितिका सदस्यहरू प्रतिवेदन अख्तियारमा‌ पठाउने कि नपठाउने भन्ने विषयमा एकमत नहुँदा करिब ६ घण्टा यही विषयमा बहस चलेको थियो। कतिपय सदस्यहरूले यस विषयमा थप अध्ययन गर्नुपर्ने मत राखेका थिए। तर अधिकांश सदस्यले आजै अख्तियारमा लेखी पठाउनुपर्ने बताएपछि सभापति ऋषिकेश पोखरेलले निर्णयसहित उपसमितिकाे प्रतिवेदन अख्तियारमा पठाउने निर्णय गरेका हुन्।

प्रतिक्रिया