काठमाडौं, १८ बैशाख। करिव एक महिनादेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन आजबाट स्थगित भएको छ। बुधबार सरकारसँग नौ बुँदे सहमति भएपछी शैक्षिक हड्ताल स्थगित गरिएको शिक्षक महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।

चैत २० गतेदेखि आन्दोलनरत शिक्षक कर्मचारीहरुलाई परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले आग्रह गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले बैशाख २१ गतेदेखि सुरु हुने भनेको कक्षा १२ को परीक्षा पनि अब सञ्चालन हुने अध्यक्ष सुवेदीले बताए।

सरकारसँगको सहमति अनुसार आगामी असार १५ गतेसम्म ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन्।

शिक्षकसँगको सहमति कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको ९ बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। सो सहमति स्वीकार गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

 

प्रतिक्रिया